बंगलादेशमा एमबीबीएस अध्ययन गर्नेहरू समस्या पर्दा दूतावास टुलुटुलु हेरेर बस्न मिल्छ ?

काठमाडौँ : निजी खर्चमा बंगलादेश अध्ययन गर्न गएका २० नेपाली विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । दैनिक आफ्नो कलेजमा आन्दोलनमा उत्रिन परेका छन् । अन्तिम वर्षको परीक्षा दिन उनीहरूले अन्यत्र कलेजमा जाने माग गर्दै आएका छन् ।
सोही कलेजमा परीक्षा दिएमा इन्टर्न नपाउने भएपछि उनीहरू लगातार कलेज प्रशासनविरुद्ध लड्दै आएका हुन् । उनीहरू भन्दा अघिल्लो वर्षका सिनियरहरूले डेढ वर्ष लडेर इन्टर्नको लागि दुई दिन अघि अनुमति पाएको हुनाले उनीहरू त्यसमा लड्न बाध्य भएका हुन् ।
अनेकन मानसिक पीडा भोग्दै एक वर्ष व्यर्थ खेरफालेका अघिल्ला १३ विद्यार्थीको समाधान काठमाडौँस्थित बंगलादेशी दूतावासको पहलकदमीमा समाधान भएको थियो । त्यही समस्या थप २० जना विद्यार्थीलाई पर्ने भएकाले उनीहरू यसमा लडिरहेका हुन ।
एमबीबीएस सकेको डेढ वर्षमा पनि इन्टर्न नपाएर १३ विद्यार्थी दूतावास मात्र पुगेनन् बंगलादेशको सञ्चारमाध्यममा पनि पुगे । अन्ततः बंगलादेश दूतावासले त्यसको समाधान गरे । नेपालको कूटनीतिक पहल गतिलो हुन नसक्दा नेपाली विद्यार्थीहरू यसरी मारमा परेका हुन ।
दुई दिन अघि इन्टर्नको अवसर पाएका विद्यार्थीले १२ अक्टोवर २०२० मा नै ढाकास्थित नेपाली दूतावासमा समस्याबारेमा जानकारी गराए पनि उनीहरूले बुझेर मात्र पढ्न आउनुपर्ने भन्दै जवाफ दिएका थिए । बुझ्दा सबै राम्रो भएर आएको तर त्यहाँको मेडिकल काउन्सिलले उसलाई मान्यता त पछि नदिएको हो भन्दै समाधानको लागि लगातार आग्रह गरे तर दूतावासले खासै पहल गर्न सकेनन् ।
यस्ता समस्यामा ढाका स्थित नेपाली दूतावासले पहल गर्न नसक्नुले नेपालको कूटनीतिक अवस्था स्पष्ट हुन्छ । ढाकास्थित दुताावसले पार लगाउन नसकेपछि नेपाली विद्यार्थीले काठमाडौँस्थित बंगलादेशी दूतावास गुहारे । उनीहरूका आफन्त दूतावास गएर जानकारी गराउँदै समस्या समाधान नभए दूतावास घेर्नेसमेत बताए ।
आठ मार्च २०२० मा नै एमबीबीएस सकेका त्यस्ता विद्यार्थीहरुले इन्टर्नको लागि त्यहाँ अवसर नपाएपछि लगातार प्रयास गरे तर नभएपछि दूतावास गुहार्न पगेका हुन । एमबीबीएस सक्नु अघि नै इन्टर्नको लागि पहल गरेका तर, दुतावासले हुन्छ भन्दै आएको काम नभएको गुनासो उनीहरूको थियो ।
उनीहरु बंगलादेको रंगपुर स्थित नर्दन प्राइभेट मेडिकल कलेज तथा अस्पतालमा सन २०१४-०१५ सेसनदेखि अध्ययनरत थिए । त्यही समस्या अहिले अन्य २० जना जुनिर्यसलाई पर्ने भएकाले उनीहरू पनि लडिरहेको दुईदिन अघि इन्टर्न पाएर केही हल्का अनुभव गरेकी संगीता शाहले इकागजलाई बताइन् । ‘अहिले २० जना नेपाली विद्यार्थी अन्तिम परीक्षामा नै नबस्ने र अर्को मान्यताप्राप्त कलेजमा गएर परीक्षा दिने भन्दै आन्दोलित छन्,’ उनले भनिन्, ‘यसबारेमा नेपाली दुतावास, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय सबै जानकार छन् । तर खै त यस्तो समस्या पर्दा पहल भएको ?’
दुई सय बढी विद्यार्थी अध्ययनरत उक्त कलेजमा अहिले नेपालीलाई पिट्ने र सडमा नै अलपत्र पार्नेसम्मका कामसमेत भएको अर्का विद्यार्थीले बताए । पढाई सकेपछि उनीहरुले एक वर्ष इन्टर्न गर्छन । तर, उनीहरु अध्ययनरत कलेज त्यहाँको सरकारले कारबाही गरेको कलेजमा परेकाले अन्यत्र जान कलेजको स्वीकृत चाहिने तर नदिएकाले समस्या परेको हो ।
दूतावासमा पटक पटक यसविषयमा जिज्ञासा राख्न टेलिफोन गर्दा सम्पर्क हुन सकेन । यद्यपि उनीहरूले दूतावासमा दिएको निवेदन इकाजलाई प्राप्त भएको छ । उनीहरूले संयुक्त रुपमा दूतावासमा निवेदन समेत दिएका थिए । त्यसको सुनुवाई नभएपछि एक दिन खर्चेर लामो बस यात्रा गर्दै ढाका पुगेर आफ्नो समस्या राखेर फर्के । तर ढाका स्थित दूतावासबाट पहलका लागि पाइला अघि सरेन ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल भन्छिन्, ‘हामीले त्यहाँको विद्यार्थीको समस्याबारेमा छलफल गरिरहेका छौँ । समस्या परेको भएपछि समाधान गर्न आवश्यक छ । त्यो काम दूतावासले पनि पक्कै पहल गरेको होला । यहाँबाट पनि बुझ्छौँ ।’
बंगलादेशको मेडिकल तथा डेन्टल एसोसियसनले उक्त कलेजलाई नै इन्टर्नको लागि उपयुक्त नभएको भन्दै रोकेको थियो पहिले १३ जनालाई । अब २० जनाको पनि त्यस्तै अवस्था हुने भएकाले यसमा उनीहरूको ध्यान गएको हो । १३ जनाको समस्या समाधान भयो डेढ वर्षदेखिको लडाईंले भने जुनियरको भविष्य के हुने स्पष्ट हुन आवश्यक छ । अहिले अध्ययन गरिरहेको कलेजको काउन्सिलमा रजिस्ट्रेसन नै छैन, त्यसैले यस्ता गम्भीर समस्या समाधानमा दूतावासको ध्यान जानुपर्ने उनीहरू बताउँछन् । नत्र किन चाहियो हामीलाई परदेशी भूमिमा दूतावास ?

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया