मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सप्रिँदै देशभरको वइदर, छैन कुनै चेतावनी

काठमाडौँ : आगामी तीन दिन देशका अधिकांश क्षेत्रको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम सफा हुने भएकाले महाशाखाले आगामी २४ घण्टाका लागि कुनै चेतावनी दिएको छैन ।

आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ,'हाल  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक  रही अन्य भू-भागहरूको मौसम सामान्यतया सफा   रहने छ।'

हेर्नुस्, आगामी तीन दिनको मौसम पूर्वानुमान :

फाल्गुन ०९ गते (आइतबार)

दिउँसो :   प्रदेश १ को  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।  

 राती:  प्रदेश १ को  पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । 

फाल्गुन १० गते (सोमबार)

दिउँसो :   प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही    बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश १, गण्डकी र सुदुर पश्चीम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।   

‍फाल्गुन ११ गते (मंगलबार)

दिउँसो :   देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही    बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडि भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

राती:  :   देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही    बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडि भू-भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।