स्ववियु निर्वाचन हुनुपर्ने विद्यार्थीको मागमा कांग्रेसको साथ छ : महामन्त्री डा. कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अनशनरत विद्यार्थीका मागमा एक्केबद्धता जनाएका छन् । महामन्त्री डा. कोइराला पूर्व सांसद दीपक खड्कालाई लिएर विद्यार्थीहरू अनसन बसेको स्थानमा पुगेर एक्केबद्धता जनाएका हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध विद्यार्थीहरूगत माघ २१ गतेबाट स्ववियु निर्वाचनसहित ५ माघ राखेर रिले अनसनमा बसिरहेका छन् । निर्वाचनको माग जायज रहेकोले नेविस.घले राखेका माग पूरा नहुँदासम्म कांग्रेसको साथ र समर्थन रहने नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।
नेविसंघले कोभिड-१९ को कारण ढिला भएको परीक्षा र नजिता प्रकाशनमा हुने ढिलाइले शैक्षिक सत्र गुम्ने अवस्था आएको भन्दै परीक्षा भएको १ महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने, विश्वविद्यालयको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने, नेविसंघसंग विश्वविद्यालयले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने र त्रिवीका प्राध्यापक र विद्यार्थी संगठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने कार्य बन्द गर्नुपर्ने माग राखेको छ ।
विद्यार्थीका माग पूरा गराउन कांग्रेसले पहल गर्ने महामन्त्री डा. कोइरालाले बताएको पनि रिमालले बताए । अनसनमा एक्केबद्धता जनाउन यसअघि कांग्रेस नेताहरू रामचन्द्र पौडेल, डा.रामशरण महत र प्रकाशमान सिंह / नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण पनि अनसनस्थल पुगिसकेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया