भातिज अपहरण गर्ने काकासहित दुई पक्राउ

जनकपुरधाम : सिरहा प्रहरीले आफ्नै भातिजको अपहरण गरेको आरोपमा काकासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका-१ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत माघ २० गते सिरहाको सिरहा नगरपालिका-१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपता भएका थिए ।
बालक घरबाटै बेपत्ता भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा भारतको खाजेडीह भन्ने स्थानबाट माघ २२ गते उद्धार गरेको थियो ।
अनुसन्धानको क्रममा अपहरणमा पारिवारिक सदस्यकै संलग्नता देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । अनुसन्धानबाट बालककै काकाको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले बताए ।
उनका अनुसार कुलदिपको योजना अनुसार भरोसीले बच्चाको अपहरण गरी भारतको बिहारमा पर्ने पचहर भन्ने ठाउँमा लगेर राखेका थिए । भारतीय प्रहरीको सहयोगमा सिरहा प्रहरी दुई दिनमै बालकको सकुशल उद्धार गर्न सफल भएको उनले बताए ।
प्रहरीले दुवैजनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रवक्ता शर्माले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया