सुनको मूल्य घट्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया