बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

कतारमा हुने महिला बिच भलिबल जर्मनीले बहिस्कार गर्ने

काठमाडौँ : जर्मनीले कतरमा अर्को महिना आयोजना हुने महिला बिच भलिबल प्रतियोगिता बहिस्कार गर्ने भएको छ । बिच भलिबलका जर्मन स्टार कार्ला बोरगर र जुलिया सुडेले खाडीको कतारमा हुने एफआइभीबी वर्ल्ड टुरमा भाग नलिने भएका हुन् ।

बीच भलिबल खेल्दा खेलाडीहरूले लगाउँदै आएको ‘बिकिनी’ कतारी भूमिमा लगान नपाउने भएपछि जर्मन खेलाडीहरुले प्रतियोगिता नै बहिस्कार गर्ने निर्णय लिएका हुन् । ‘खेल अनुसारको पोशाक हुन्‍छ । त्यही पोशाक लगाएर खेल्ने हो । तर कतार मात्रै यस्तो देश हो जसले खेलाडीलाई स्वभाविक पोशाक लगाउन दिँदैन । हामीले त्यसको विरोध गरेको हो,’ बोर्गरले स्थानिय जर्मन रेडियोसँग कुरा गर्दै भनिन् ।

कतारी भलिबल संघले प्रतियोगितामा भाग लिन आउने अ‍ेलाडीहरुलाई ट्राउजर लगाउन निर्देशन दिएको छ । जसलाई अन्तराष्ट्रिय भलिबल संघले स्थानिय संस्कृतीको सम्मानको नाम दिदै स्विकृती दिएको छ । जर्मन खेलाडीहरूको निर्णयलाई जर्मन भलिबल संघले समर्थन गरेको छ । उसले भनेको छ, ‘कतारीले लगाएको नियमलाई जर्मन भलिबल संघले स्विाकर गर्दैन । कतारको गर्मीमा बिकनी नलगाई बिच भलिबल खेल्न सकिदैन ।’

कतारले सन् २०१९ मा भएको एएनओसी बीच गेम्समा भने भलिबल खेलाडीहरूलाई बिकनी लगाउन अनुमती दिएको थियो । धेरै पटक पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गरेको कतारले महिलातर्फको इभेन्ट भने पहिलो पटक आयोजना गर्न लागेको हो । तर कतारलाई यस प्रतियोगिता आयोजना गर्न दिइएको भनेर चौतर्फी आलोचना भने भएको थियो ।