बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

अस्‍ट्रेलियन ओपनमा युवा खेलाडीहरू कमजोर देखिए : मुरे

काठमाडौँ : यस पटकको अस्‍ट्रेलियन ओपनमा एन्डी मुरेले भाग लिएनन् । मेलबर्नको कोभिड-१९ सम्बन्धि क्‍वारेन्‍टाइन नियम चिक्तबुझ्दो नभएको गुनासो गर्दै बेलायती खेलाडी अस्ट्रेलिया गएनन् । उनै मुरेले आफूले भाग नलिएको प्रतियोगिता विजेता नोभाक जोकोभिचको बारेमा मुख खोलेका छन् ।

अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लाम जितेर नोभाक जोकोभिचले आफूलाई अच्चम्ममा नपारेको मुरेको भनाई थियो । रुसी विपक्षी डानिल मेदभेदेबलाई पराजित गर्दै ९औँ पटक ग्रान्डस्लाम जितेका सर्बियन जोकोभिचको बारेमा मुरेको प्रतिक्रिया थियो, ‘मैले फाइनल खेल अलिक प्रतिस्पर्धात्मक हुन्‍छ भन्‍ने सोचेको थिए । तर जोकोभिचले सजिलै जिते । जुन अचम्म होइन । हामी सबैलाई थाहै छ, जोकोभिच कुन स्तरको खेलाडी हन् भनेर ।’

यस पटकको अस्‍ट्रेलियन ओपनमा युवा खेलाडीहरूले स्थापित स्टारहरूलाई चनौती दिन नसकेको पनि बताए । ‘अस्‍ट्रेलियन ओपनमा जोकोभिच जस्ता खेलाडीविरुद्ध खेल्न सजिलो हुँदैन । तर पनि युवा खेलाडीहरूले चित्त बुझ्दो चुनौती प्रस्तुत गर्न सकेनन्,’ तीन पटक ग्रान्डस्लाम जितेका ३३ वर्षीय मुरेले भने ।

मुरेले आफूले भाग लिन नपाएकाले प्रतियोगिताका सबै खेल हेर्न मन नलागेको बताए । ‘मैले एकदमै कम खेलहरू मात्रै हेरे । म मेलबर्न जान चाहान्थे । तर कारणबस मैले त्यस प्रतियोगितामा भाग लिन सकिन । जसका कारण म निराश भए । अनि मलाई त्यहाँ भइरहेका खेलहरू हेर्ने जागर चलेन,’ मुरेको भनाई थियो ।