प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवासमा पुगेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय बदर गरेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका हुन् ।
सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि बुधबार बसेको नेकपा ओली समूहको बैठकले आदेशको सम्मान गर्दै संसद बैठक बोलाउने निर्णय गरेको छ ।
राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्री साँझमा शीतलनिवास आएको बताए । ‘उहाँहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हुनसक्छ । हामी निस्किसकेपछि उहाँहरूबीच भेटवार्ता भएको हो,’ सल्लाहकार यादवले भने, ‘यो अवस्थामा उहाँहरूबीच छलफल स्वभाविक हो ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया