नवलपुरमा भारतीय सहयोगमा विद्यालय निर्माण

काठमाडौं : नेपाल-भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत २ करोड ५८ लाख रुपैँया भारत सरकारको सहयोगमा नवलपुर जिल्लामा एक उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । नवनिर्मित भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनको काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवम्विद्यालय परिवारद्वारा आज संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएको छ ।
नवलपुर जिल्लाको देवचुली-७ मा अवस्थित यस विद्यालयको स्थापना सन्१९६९ मा भएको थियो । कक्षा कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यमालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशत भन्दा बढी छात्रा छन् । भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको उक्त विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका छन् ।
साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको उदाहरण रहेको काठमाण्डौस्थित भारतीय दूतावासले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया