हुण्डीको एक करोडसहित तीन जना पक्राउ

काठमाडौं : स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ काठमाडौंको ओमबहाल चोकबाट झापाका विकास मित्तल, झापाका कमल मित्तल र पर्वतका गणेश पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । विकास र कमल दाजुभाइ हुन् ।
पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डीमार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले इकागजलाई जानकारी दिए ।
ओमबहालमा मोबाइलका पार्ट्सको पसल रहेको छ । उक्त पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ८ सय अमेरिकी डलर बरामद गरिएको हो ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया