परोपकारी कार्यमाथि रोक लगाउनु अमानवीयताको पराकाष्ठा : साझा पार्टी

काठमाडौं : खुलामञ्चमा विपन्न र असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णको साझा पार्टीले विरोध गरेको छ। सरकार स्वयंले उनीहरूको हेरचाह गर्नु पर्नेमा नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यमाथि रोक लगाउनुलाई अमानवीयताको पराकाष्ठा भनेको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै साझाले भनेको छ, ‘केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’
यो पनि पढ्नुहोस्
काठमाडौं महानगरले भन्यो: खाना घरमा लगेर खुवाउनू, सडकमा पाइन्न
सरकारको उक्त कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने साझाले जनाएको छ । ‘साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्।’ विज्ञप्तिमा अगाडि भनिएको छ । ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’
साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्चलगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न पनि अपिल गरेको छ ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया