जहाज बजारिएको जानकारी नदिने पाइलटलाई उडानमा रोक

काठमाडौं : नेपाल वायु सेवा निगमले धावनमार्गमा हवाइजहाज बजारिएर अवतरण गरेको (हार्ड ल्यान्डिङ) बारे जानकारी नगराउने पाइलटहरूलाई कारबाही गरेको छ । २२ पुसमा दोहाबाट काठमाडौँ आएको आर ए २४० नम्बरको उडान काठमाडौँमा अवतरण गर्ने क्रममा 'हार्ड ल्यान्डिङ' भएको थियो । तर यो विषय करिब एक महिनापछि (२७ माघ) निगमले मात्रै फ्लाइट डाटा एनलाइसिस मार्फत पत्ता लागेको थियो ।
निगमले निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए । उनीहरूलाई गत बुधबारबाट नियमित उडानमा रोक लगाएको छ ।निगमले यो घटनामा संलग्न पाइलटहरूलाई गत बुधबारदेखि नियमित उडानमा रोक लगाइसकेको छ । उनीहरूले 'म्यान्डेटरी अकरेन्स रिपोर्ट' मार्फत जानकारी गराउनुपर्नेमा त्यसो नगरेको निगमले स्पष्ट पारेको छ । समयमा जानकारी नगराएपछि उनीहरूलाई कारबाही गरेको निगमले बताएको छ ।
गत साता मंगलबार निगमले आकष्मिक अवतरण भएको विषयमाथि छानबिन गर्न समिति गठन गरेको छ । घटना भएको करिब ३ महिनापछि निगमले छानबिन प्रक्रिया अघि बढाएको हो । यो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबस फ्रान्ससँग पत्राचार गरी राय माग गरेको थियो । उताबाट दुई महिनासम्म उडान गर्न समस्या नहुने तर यस अवधिमा निश्चित चेकजाँच गर्नुपर्ने जानकारी आएको निगमले जानकारी दिएको छ । सोही अनुसार जहाज नियमित उडानमा रहेको निगमले स्पष्टिकरण दिएको छ ।
अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न समिति गठन गरेको छ । क्याप्टेन युवराज कुमार भद्टराईको संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिष कुमार साह तथा डम्बर रावत समेतको छानविन समिति बनेको निगमले जानकारी दिएको छ । हार्ड ल्यान्डिङका क्रममा हवाईजहाजमा क्षति पुग्न जोखिम हुन्छ । सामान्यतया: हावाले ठक्कर दिँदा वा पाइलटको लापरवाहीका कारण हार्ड ल्यान्डिङ हुनेगरेको विज्ञहरू बताउँछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया