बर्दियामा बाघले फेरि मान्छे खायो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो

काठमाडौँ : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।
उनलाई बाघले झम्टेर जंगल लगेको थियो । पछि बाघले आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
यसै वर्ष मात्रै बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा सात जनाको ज्यान गइसकेको छ । केही महिनाअघि मोटरसाइकल पछाडि बसेर कैलाली जाँदै गरेकी एक महिलालाई बाघले आक्रमण गरेर मारेको थियो ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया