म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो अग्रता लिएको छ । मंगलबार राती भएको खेलमा सिटीले ओल्भ्सलाई ४–१ गोल अन्तरले हराउँदै फराकिलो अग्रता बनाएको हो ।
सिटीलाई जिताउन गाब्रियल जिससले दुई र रियाद मेहराजले एक गोल गरे । ओल्भ्सका लेन्डर डेन्डोक्नरले आत्मघाती गोल गर्दा कोनोर कोएडीले एक गोल फर्काए । आत्मघाती गोल गरेपनि खेल बराबरी उन्मुख भएका बेला सिटीले अन्तिम १३ मिनेटमा तीन गोल गरेर प्रभावशाली जित दर्ता गराएको हो ।
जितसँगै सिटी २७ खेलबाट ६५ अंकसहित लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ५० अंक छ ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया