रोनाल्डोको गोलमा युभेन्टसको शानदार जित

काठमाडौँ : क्रिष्टियानो रोनाल्डोले समेत गोल गरेपछि इटालिएन सिरी ए फुटबलमा युभेन्टसले शानदार जित निकालेको छ । मंगलबार राती भएको खेलमा युभेन्टसले स्पेजियालाई ३-० गोलले हराएको हो ।
युभेन्टसको जितमा मोराटा, चिजा र रोनाल्डोले गोल गरे । एक गोल गरेका रोनाल्डोले नयाँ किर्तिमान राखेका छन् । उनले पछिल्ला १२ सिजन लगातार २० गोल गर्दै आएका छन् । ६०० सय लिग खेलमा सहभागि भएका रोनाल्डो युरोपका पाँच वटा लिगमा २० गोलभन्दा बढी गर्न सफल भएका हुन् ।
उनले प्रिमियर लिग, ला लिगा, सिरी ए, च्याम्पियन्स लिग लगायतका खेलमा गोल गर्न सफल भएका हुन् । जितसँगै युभेन्टस २४ खेलबाट ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५२ अंक भएको एसी मिलान दोस्रो र ५६ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ । स्पेजिया भने १६ औँ स्थानमा छ ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया