बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

फाइल तस्‍वीर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्‍ने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए । उनकाअनुसार बैठकले भोलि बस्ने संसदीय दलको बैठकका एजेण्‍डा तय गर्नेछ । 
भोलि(शुक्रबार) कांग्रेस संसदीय दलको बैठक बस्दैछ । 

'दिउँसो दुई बजेका लागि सभापतिज्यूले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनु भएको छ,’ इकागजसँग शर्माले भने, ‘बैठकले भोलि बस्ने संसदीय दलको बैठकका एजेण्डा र २३ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने बारे मोटामोटी खाका बनाउने छ ।’