मोफसलमा पनि सेनाको व्यापार : बुटवलमा खुल्यो सपिङ मल
कुनै व्यापार होइन, आन्तरिक परियोजनको लागि हो : जंगी अड्डा

बुटवल : नेपाली सेनाले यसक्षेत्रमा पनि व्यापार व्यवसाय अघि बढाएको छ । सुरक्षाका लागि तैनाह हुने नेपाली सेनाले पेट्रोल पम्प, सपिङ सेन्टर तथा व्यावसायीक भवनहरू निमार्ण गरी व्यापारिक कार्य अघि बढाएको छ । यस बुटवलको औधोगिक क्षेत्रमा पेट्रोल पम्प संचालन गरेको सेनाले बुटवलको योगिकुटीमा सुपथ मूल्य क्याण्टिन सञ्चालनमा ल्याएको छ ।
देशको सुरक्षाका लागि व्यारेकमा बस्ने नेपाली सेना विस्तारै व्यापारिक कारोवारमा अघि बढेको देखिएको छ । उक्त क्याण्टिनको मध्य पश्चिम पृतनाका महा सेनानी मछिन्द्र थापाले उद्घाटन गरे । सैनिक कल्याणकारी कोषद्धारा क्याण्टिन सञ्चालनमा ल्याइएको हो । क्याण्टिनमा खाद्य पदार्थ, तेलहन, तयारी खाद्य परिकार, पेय पदार्थ आदि राखिएको छ ।
सुपर मार्केटहरूमा जस्तै मानिसहरूलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरू क्याण्टिनमा पाइन्छ । खाद्य, पेय पदार्थ, लत्ता कपडा र घरेलु उत्पादनहरू अन्य बजारमा भन्दा सस्तोमा पाइने मध्य पश्चिम पृतना कार्यालयले जनाएको छ । नाफाभन्दा सेवाको भावले सुपर मार्केट सञ्चालनमा ल्याएको कार्यालयको दाबी छ । बहालवाला, भूपु तथा सेनाका आश्रित परिवार र आम नागरिकलाई लक्षित गरी क्याण्टिन सञ्चालनमा ल्याएको जनाएको छ ।
सामान खरिद बिक्रीमा मध्य पश्चिम पृतनाका जवानहरू खटिने छन् । नेपाल आर्मीको योगुकुटीमा रहेको करिब दुई कठ्ठा जमिनमा सुपथ मूल्य क्याण्टिन सञ्चालन भएको हो । यसअघि सेनाले बुटवलको व्यापारिक केन्द्र अमरपथमा विशाल सपिङ मल निर्माण गरेको छ । खासगरी भाडा प्रयोजनका लागि भनेर बनाइएको उक्त मल आन्तरिक कारण देखाउदै अझै सञ्चालनमा भने आएको छैन । स्थानीय सरकारसँग नक्सा पासका सम्वन्धमा विवाद भएपछि निर्माण सम्पन्न भएर पनि लामो समयदेखि उक्त भवन संचालनमा नआएको हो ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले उक्त क्यान्टिन आन्तरिक प्रयोजनको लागि रहेको बताए । 'नेपाली सेनाले आफ्ना सकलदर्जा र परिवारकालागि उपयाेगी हुने गरी यस्तो कार्य गरिरहेको छ । मुख्यालयमा पनि यस्तो क्यान्टिन रहेको छ । याे कुनै व्यापारिक परियोजनको लागि होइन्।'
टक्सार घरमा रुपमा रहेको उक्त स्थानको सुरक्षा वर्षौदेखि नेपाली सेनाले गर्दै आएको थियो । सुरक्षार्थ खटिएको सेनाले विस्तारै उक्त स्थानमा आफै सपिङ कम्प्लेक्स नै निर्माण गरेपछि नागरिक स्तरवाट आलोचना भएको थियो । बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुवेदीले सेनाले घर बनाएको कुरा आए पनि आफूहरूसँगै कुनै समन्वय भने नभएको बताएका छन् । बुटवलमा नेपाल प्रहरीले पनि सपिङ मल निर्माण गरेर भाडामा लगाउदै आएको छ । बुटवलको राजमार्ग चौरहवामा प्रहरीको स्वामित्वको सपिङ कम्प्लेक्स रहेको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया