विद्यालयका भवन हस्तान्तरण

काठमाडौँ : अमेरिकी राजदूत र्यान्डी बेरीले दुईवटा माध्यमिक विद्यालयका पुनर्निर्मित भवन हस्तान्तरण गरेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का नेपाल निर्देशक सेपिडे केभान्शाडसँगै बेरीले शुक्रबार उक्त भवन हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एसियाली विकास बैंक (एडीबी)का अफिसर-इन-चिफ शरद भण्डारी उपस्थित थिए । नेपालका २९ स्थायी विद्यालयका भवन पुनर्निर्माण सम्पन्न गर्नका लागि अमेरिकी सरकारले युएसएआइडीमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको छ ।
तीमध्येका थप दुई विद्यालयहरू आजको कार्यक्रमसँगै प्रयोगका लागि तयार भएका छन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राजदूत बेरीले भने, 'बालबालिकालाई विद्यालय फर्काउने नेपालको प्राथमिकता अमेरिकी सरकारको पनि प्राथमिकता हो ।'

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया