आज मेलम्चीको पानी बागमतीमा बगाइने, प्रधानमन्त्रीले स्वागत गर्ने

काठमाडौँ : संघीय राजधानी काठमाडौँ उपत्यकालाई लक्षित गरी वर्षाैँदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी आज शनिबार बागमतीमा बगाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्ने छन् । उनले सुन्दरीजल पुगेर मेलम्चीबाट फागुन १० मा सुरुङमार्फत पठाइएको पानी बागमतीमा खसाल्ने स्वीच थिचेर स्वागत गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार प्रधानमन्त्री ओलीले शिवरात्रीसम्म मेलम्चीबाट ल्याइएको पानी बागमतीमा बगाउन निर्देशन दिइसकेका छन् । शिवरात्रीमा पशुपति आउने हिन्दु धर्मावलम्बीहरुलाई मध्यनजर गर्दै पानी बगाउन निर्देशन दिएका हुन् । सोही अबसरमा प्रधानमन्त्रीले विकास निर्माण सम्बन्धी केही महत्वपूर्ण घोषणा गर्ने पनि थापाले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएका पानीलाई वागमतीमा शनिबार बिहान बागमतीमा छोडिनेछ । खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए । त्यसयता सुरुङमा जम्मा भएको पानी वागमतीमा छोड्न लागिएको हो ।
साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परिक्षणपछि उक्त पानी वागमतीमा छोड्न लागिएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाई काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । सुरुङमा पानी पठाउने काम सफल भएकाले त्यहाँ आएका फोहोरसहितको पानी वागमतीमा छोड्न लागिएको हो ।
वागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र उक्त पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमता भन्दा कम पानी छाडिएको छ । सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटरसम्म पानी पठाउने काम भएको थियो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि दुई सातासम्म परीक्षणका लागि राखिएको हो । अब सबै पानी बागमतीमा छोडेपछि एक पटक पुन परीक्षण गरेर पानी छोड्दै प्रशोधन केन्द्रमा पठाइने जानकारी खानेपानी मन्त्रालयले दिएको छ ।
मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई प्रशोधन केन्द्रबाट वितरण प्रणालीमा पठाइने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गर्दै अहिले पुन पानी पठाइएको हो । आज रातीसम्म भरिने हुनाले शनिबार छोड्ने र त्यसले फोहोर सफा हुनेछ । मन्त्रालयले बागमतीमा पानीको सतह बढ्ने भन्दै नदि आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया