पुराना उद्योग बेचेर खाइसकेका थिए, मैले बनाउन सुरु गरे : ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका सरकारले पुराना उद्योग बेचेर खाएकाले आफूले नयाँ बनाउन सुरु गरेका बताएका छन् । मेलम्चीको पानी सुरुङबाट बागमती नदीमा बगाउने कार्यक्रमको शनिबार सुन्दरीजलमा उदघाटन गर्दै पुराना उद्योग बेचेर खाएको बताए ।
‘पहिलेकाले छाला जुत्ता उद्योग खाए । भृकुटी कागज कागज कारखाना बेचेर खाए । हरिसिद्धि र भत्तलपुरको इट्टाभट्टा कारखाना बेचे,’ ओलीले भने, ‘अहिले हामी गर्न थालेका छौँ । दुर्गम-दुर्गम स्थानमा पम्पिङबाट खानेपानी पुर्याएका छौँ । अरु आयोजना आउँदैछन ।’
उनले राजमार्ग चौडा भइरहेका ओलीले बताए । पुष्पलाल राजमार्गको प्रगती उल्लेख्य भएको ओलीको भनाइ छ । ‘हामी डाँडा छेडेर काम गर्दै छौँ । सुनकोसी डाइभर्सनमा काम भइरहेको छ,’ ओलीले भने, ‘सुनकोशी मरिनबाट ६७ क्युबिक पानी आउँछ भने १०० मेगावाट त विजुली नै निस्कन्छ । कमलाले एक लाख ७० हजार विगाह जग्गा सिंचाईं गर्छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया