नेपालमा पेट्रोलियम पाकिस्तान र श्रीलंकाभन्दा महँगो
पाकिस्तानमा पेट्रोलियम पदार्थ दक्षिण एसियाकै सस्तो

काठमाडौं : आर्थिक समस्यासँग जुझिरहेको पाकिस्तानले दक्षिण एसियाका मुलुकहरूमा पाइनेभन्दा सस्तो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । अन्तर्राष्ट्रीय बजारमा उल्लेख्य मात्रामा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । तर, पाकिस्तानी सरकारले आफ्नो मुलुकका उपभोक्तालाई महँगीको भार बोकाएको छैन ।
नेपाल, श्रीलंका, बंगलादेश र भारतले उपभोक्तासँग प्रति लिटर ० दशमलव ८३ अमेरिकी डलरदेखि १ दशमलव २६ डलरसम्म असुलीरहेका छन् । तर, पाकिस्तानमा ० दशमलव ७० अमेरिकी डलरमै पेट्रोल बिक्री भइरहेको तथ्यांकले देखाएको छ ।
तुलनात्मक विवरणअनुसार श्रीलंकामा पेट्रोलको भाउ प्रति लिटर ०.८३ डलर, नेपालमा ०.९५ डलर, बंगलादेशमा १.०५ डलर, भारतमा १.२६ डलर, चीनमा १.०३ डलर, बेलायतमा १.७० डलर र जर्मनीमा १.६४ डलर छ ।
भारतमा दैनिकजसो अन्तर्राष्ट्रीय बजारमा परिवर्तन भइरहने आधारमा पेट्रोलको भाउ समायोजन हुने गरेको छ । पाकिस्तान सरकारले पाक्षिकरुपमा तेलको मुल्य हेरफेर गर्ने गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त्यहाँको ईन्धन आपूर्ति गर्ने प्राधिकरणको पेट्रोलको मूल्य वृद्धि गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि तेलको मूल्य समायोजन नभएको बताइएको छ । प्राधिकरणले ६ रुपैयाँको दरले वृद्धि गर्न प्रस्ताव गरेको थियो ।
३ मार्च, २०२१ को मूल्य ६२.७० प्रतिब्यारेल छ । संसारभर आर्थिक पुनरूत्थानका गतिविधि तीव्र हुँदा कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेको हो । यही निहुँमा निगमले अहिले हरेक १५–१५ दिनमा मूल्य बढाउन थालेको छ । निगमले अंग्रेजी क्यालेण्डर अनुसार हरेक महिना १ र १५ तारिखमा इण्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची प्राप्त गर्छ ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले यस आर्थिक वर्षमा पेट्रोल र डिजेलमा प्रतिलिटर अतिरिक्त १० रुपैयाँ कर पनि बढाएका थिए । अहिले नेपालमा पेट्रोलको मूल्य प्रति लिटर ११६ रुपैयाँ छ । डिजेलको मूल्य ९९ रुपैयाँ छ भने हवाई इन्धनको मूल्य ७२ रुपैयाँ छ ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया