थप ३ हजार ३०९ जनामा कोभिड पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं : नेपालमा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
बुधबार काठमाडौंमा १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १०३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार ३८४४ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल आइशोलेशनमा ३६ हजार ९११ र क्वारेन्टाइनमा १३०५ जना रहेका छन् । हालसम्म १४ लाख ९४ हजार १२२ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया