सर्वोच्चले सोचेभन्दा फरक आदेश दियो : दाहाल

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा नामसम्बन्धी विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसला अपेक्षा गरेको भन्दा फरक आदेश आएको बताएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयबाट बाहिरिने क्रममा दाहालले छोटो कुरा गर्दै आफूहरूले सोचेभन्दा फरक आदेश आएको बताएका हुन् ।
'हामीले सोचेभन्दा फरक आदेश आएको लागेको छ 'दाहालले भने 'यो फैसला राम्रोसँग नपढि टिप्पणी गर्ने बेला भएको छैन् ।'
आज सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वको पक्षमा आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश गरेको हो। कट्टेलले नेकपा दाबी गर्दै रिट निवेदन दायर गरेका थिए ।
निर्वाचन आयोगले २०७५ जेठ २३ मा नेकपा नाम अभिलेखीकरण गरेको थियो । कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएको थियो । उनले अरु हैसियतमा नभएर खाली नामका लागि मात्रै आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया