रावलले भने : प्रधानमन्त्री कुन पार्टीका ?

काठमाडौँ : सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको अबको स्थिति के हो आफूहरूले थाहा पाउनु पर्ने बताएका छन् । आइतबारबाट सुरु प्रतिनिधि सभा बैठकमा सांसद रावलले भने, 'जसले प्रतिनिधि सभाको हत्या गर्यो उसको स्थिति के हो ? त्यो हामीले थाहा पाउनु पर्दैन ।'
उनले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई कानुनी हो कि राजनीतिक भनेर प्रश्न गरे । उनले भने, 'प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसला कानुनी फैसला हो कि राजनीतिक फैसला ?'
रावलले लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने प्रक्रिया कति उचित हो ? भन्ने प्रश्न पनि गरे ।
आइतबार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि सत्तारुढ दल नेकपा होइन भने प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर प्रश्न गरे । 'यदि सत्तारुढ दल नेकपा होइन भने अहिलेको प्रधानमन्त्री कुन पार्टीका हुन् । अध्यादेश ल्याउनुभन्दा अगाडि भन्नुपर्छ,' रावलले भने ।
उनले सरकारको तर्फबाट आउने अध्यादेश कुन पार्टीको सरकारले ल्याएको हो प्रष्ट हुनुपर्ने बताए । उनले सरकार र प्रधानमन्त्रीको दृष्टिकोष यसबारे स्पष्ट हुनुपर्ने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया