एमाले ब्यूँतिएपछि वामदेवको घरमा किन गए विष्णु पौडेल ?

काठमाडौँ : नेकपा एमालेका नेता विष्णु पौडेल सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न वामदेव गौतमको निवासमा पुगेका छन् । घरमै लडेर सामान्य चोट लागेकोले आराम गरिरहेका गौतम एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका छन् । केपी शर्मा ओलीले उनलाई एमालेतर्फ नै फर्काउने कसरत गरिरहेका छन् । त्यसैको लागि ओलीले पौडेललाई भैँसीपाटी पठाएको बताइएको छ । एकीकरणपछिको नेकपा विभाजन उन्मुख हुँदा गौतम पार्टी एकता अभियान चलाइरहेका थिए ।
अर्थमन्त्रीसमेत रहेका पौडेल गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, पद अब कुन तरिकाले सम्बोधन गर्ने जस्ता गम्भीर विषयमा छलफल गरेका हुन् । उनले त्यहाँ अब कसरी दललाई मजमुद बनाएर जाने र अदालतको फैसला के हो त्यसबारेमा कसरी सम्बोधन गर्ने भन्दै छलफल गरेको बताइएको छ ।
प्रधानमन्त्री ओली अदालतको फैसलाले खुशी भएपनि पार्टी एक गराएर लैजाने भन्ने विषय उनीमाथि चुनौती थपिएको छ । एमाले ब्यूँतिएपछि ईश्वर पोखरेल इतरका नेताहरु भने छलफलमा जुटेका हुन् । अदालतको फैसलाले पोखरेल पुनः महासचिब भएका छन् । उनलाई सचिवालयमा महासचिव नदिइकन उनको स्थानमा उपमहासचिव रहेका पौडेल नै महासचिब बनेका थिए । त्यसको मुख्य डिजाइनर गौतम रहेको बताइएको थियो ।
उनै गौमलाई भेट्न पौडेल पुगेपछि चासोकासाथ हेरिएको छ । यद्यपी पोखरेल यतिबेला नेकपामा सचिवालय सदस्य छन् भने सरकारमा उपप्रधानमन्त्री । तर, पौडेल सरकारमा मन्त्रीमात्र छन् भने सचिवालयमा उपमहासचिव थिए । दुवै ओली खेमामा रहेपनि पौडेलले दाहाल–नेपाल खेमाको आलोचना गरेका छैनन् । उता पोखरेलले निकै कडा रुपमा दाहाल–नेपाल समूहको आलोचना गर्दै आएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया