आफन्त भन्छन्, ‘विरक्तिएर चार सन्तानसहित आमाले कर्णालीमा हाम फालिन्’

सुर्खेत : दैलेखको आठबिस नगरपालिका–३ निमायलकी सुकी बडुवाल चार छोराछोरीसहित घरबाट निस्किन् । मंगलबार दिउँसो उनका जेठी छोरी कल्पना बडुवाल र माइली छोरी सरिता बडुवालको शव कर्णाली नदीमा फेलापरेपछि उनी चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको थाहा भयो । दुई छोरीको शव सोमबार साँझ भेटिएको थियो भने आमा(सुकी) र १० वर्षीय छोराको शव आज दिउँसो १२ बजे फेला परेको छ । अझै एउटा छोरीको शव भेटिएको छैन ।
वडाध्यक्ष प्रयागबहादुर शाहीकाअनुसार आइतबार दिउँसो श्रीमान् मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी आइतबार बेलुकी चार बजे नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् । नदीमा वेपत्ता भएकी सुकीका भिनाजु कुलबहादुर बडुवालले मदिरा सेवनको कारण साली पीडित भएपछि हाम फालेको हुन सक्ने बताए । ‘सालीले छोराछोरीसहित आइतबार बेलुका चार बजे खेतमा घाँस काट्न जान्छु भनेर डोको बोकेर निस्किएकी थिइन्’ उनले भने, ‘खेतमा डोको राखेर कर्णाली नदीमा गएको थाहा भयो ।’ नदीको किनारमा पाँच जोडी चप्पल फेला परेकोले पाँच जनाले नै हामफालेको देखिन्छ । दुईवटा छोरीको सव डोरीले बाधिएको अवस्थामा भेट्टिएकोले छोराछोरीलाई डोरीले बाधेर नदीमा फालेपछि आफुले पनि नदीमा हाम फालेको हुन सक्ने उनको भनाइ छ ।
‘सालीका श्रीमान मदिरा पिउने गर्दथे , यही कारण झगडा परेकोले उनले नदीमा हाम फालेकी होलिन्’ उनी भन्छन्, ‘उनले तनाव लिएकोले यस्तो निर्णय गरेकी होलिन् ।’
आठबिसकोट नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार सुकीले हिंसा कारण कर्णाली नदीमा हाम फाल्ने निर्णय गरेको हुनसक्ने बताइन् । ‘मृतकका श्रीमान सधै मदिरा मात्र पिउँथे’ उनी भन्छिन्, ‘सुकीले विरक्तिएर नदीमा हामफालेकी हुन सक्छिन् ।’ आठबिस नगरपालिका–३ वडा अध्यक्ष प्रयागशाहीका अनुसार घरझगडाका कारण यस्तो घटना घटेको हुनसक्ने बताउँछन् ।
‘उनी आइतबार राति नै घरबाट निस्किएको थाहा भयो । श्रीमानले मदिरा सेवन गर्ने गरेका थिए । उनीहरूको घर झगडा भएको हुनुपर्छ’ वडाध्यक्ष शाही भन्छन्, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’
मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुलभन्दा दुई सय मिटरमाथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको हुनसक्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले शव खोजी कार्य जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय दैलेखबाट डीएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली नदी गएको छ ।

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रतिक्रिया