बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सेनाका ६ प्यारासुटर टुँडिखेलभन्दा बाहिर अवतरण गरेपछि...

काठमाडौँ : शिवरात्री अर्थात सेना दिवसका लागि सैन्‍य अभ्यास गरिरहेका नेपाली सेनाका ६ प्यारासुटर टुँडिखेलभन्दा बाहिर अवतरण गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार रिहर्सल गरिरहेका १४ जनामध्ये ६ जना प्याराट्रुपर टुँडिखेलभन्दा बाहिर अवतरण भएका हुन् । 

पौडेलका अनुसार वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू टुँडिखेलमा अवतरण हुन नसकेका हुन् । हावा धेरै भएकाले टुँडिखेलभन्दा बाहिर गएर अवतरण भएको बताउँदै पौडेलले भने 'हाम्रा प्याराट्रुपरहरू रनियमित चेकअपका लागि सैनिक अस्पताल छाउनी लगिएको र उहाँहरू सबै सुरक्षित छन् ।'

शिवरात्री अर्थात सेना दिवसमा सेनाले नियमित गर्ने अभ्यास भएकाले यस्तो हावाको गति बढी हुँदा तोकिएको स्थानमा झर्न नसकेका उनले बताए ।