लुम्बिनीमा राजनीतिक दलहरूसँग परामर्श गर्न कांग्रेसले बनायो कार्यदल

बुटवल : लुम्बिनी प्रदेशमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले कार्यदल गठन गरेको छ । तीन सदस्यीय कार्यदलमा प्रमुख सचेतक फखरुद्दिन खानसहित प्रदेश सांसद विरबहादुर राना र रमा अर्याल रहेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले विज्ञप्तिमार्फत जानकारी दिए ।
'सर्वोच्च अदालतको मिति २०७७ फाल्गुन २३ गतेको नेकपा सम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिमा प्रदेशको स्थायित्व, दिगो विकास, संघीयताको सफल कार्यान्वयन एवम् समसामयिक राजनैतिक विषयमा यस लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलहरुसंग आवश्यक छलफल, संवाद र परामर्श गर्नका लागि नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका तर्फबाट तपसिल बमोजिमको तीन सदस्यीय कार्यदल गठन गरिएको व्यहोरा जानकारी गराइन्छ' विज्ञप्तिमा भनिएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया