धनगढीमा एमालेका दुई समूहबीच विवाद, पार्टी कार्यालयमा प्रहरी परिचालन
नेपाल समूहले राखेको बोर्ड हटाएर ओली समूहले अर्को राख्यो

धनगढी : धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई समूहबीच विवाद बढेको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश कार्यालयमा माधवकुमार नेपाल समूहले नेकपा एमाले लेखिएको बोर्ड राखेपछि विवाद बढेको हढेको हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताहरूले उक्त बोर्ड हटाएका छन् । उक्त बोर्ड हटाउँदै प्रधानमन्त्री ओली समूहका कार्यकर्ताहरूले अर्को बोर्ड राख्न थालेपछि विवाद बढेको हो ।
ओली समूहले राखेको बोर्डमा पनि नेकपा एमाले नै लेखिएको छ । माधव समूहका नेताले प्रतिशोध साँध्न काम भइरहेको बताए । विवाद बढेपछि प्रदेश पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।
सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि दुई फरक-फरक पार्टी बनेका छन् । दुई फरक-फरक पार्टी बनेसँगै केन्द्रदेखि जिल्ला र प्रदेशहरूमा बोर्ड राख्ने र कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ ।
पार्टी कार्यालयमा लेखराज भट्ट नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज लेखिएको नेमप्लेट राखिएको छ भने कर्णबहादुर थापा अध्यक्ष रहेका छन् । यसअघि नेकपा एकतापछि भीम रावल इन्चार्ज रहेका थिए । इन्चार्जको बिषयमा पनि दुई समूहबीच विवाद भइरहेको छ ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया