बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

निर्वाचन आयोगले प्रदेशलाई पठायो माओवादी र एमाले ब्युँतिएको पत्र

काठमाडौँ  :  निर्वाचन आयोगले सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको जानकारी प्रदेश सभालाई गराएको छ । आयोगले पत्र पठाएर प्रदेश सभामा रहेको नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र भएको जानकारी पठाएको हो । 

आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले सात वटै प्रदेश सभालाई पत्र पठाएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको जानकारी गराएका हुन् ।   अब प्रदेश सभामा पनि एमाले र माओवादी केन्द्रका सांसद अलग-अलग बस्नेछन् ।