घुस लिँदै गर्दा कर अधिकृतसहित दुई जना पक्राउ

जनकपुरधाम : घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित दुईजनालाई अख्तियार टोलीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले राजश्व कार्यालयका कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट एकाउन्ट कन्सलटेन्सीका संचालक नवीन कर्णलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।
जनकपुरस्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट अख्तियारको टोलीले तिनीहरूलाई डेढ लाख रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ । गोप्य सुचनाको आधारमा तिनीहरूलाई घुस रकम सहित पक्राउ गरिएको कुरा अख्तियार बर्दिबासका सुचना अधिकारी मनिराम ज्ञवालीले जनएको छ । उनले भने अन्तःशुल्क समायोजन रकम फिर्ता गराई दिन संचालक कर्णले घुस दिन खोज्दा पक्राउ परेको हो । घटना सम्बन्ध अन्य कुरा अनुसन्धान विस्तृत कुरा आउने सुचना अधिकारी ज्ञवालीले बताए ।
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

प्रतिक्रिया