बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

पार्टीका एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल हुन्छ : महन्थ ठाकुर

फाइल तस्बिर

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएका एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल गर्ने बताएका छन् । 
बिहीबार जसपा, नेपालको केन्द्रीय कार्यालयमा सञ्‍चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले आफूहरूका नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेको बताए । उनले भने, ‘साढे पाँच बजे प्रधानमन्त्रीसँग भेट्न गइरहेका छौँ । यसमा हामीले हाम्रा साथीहरू, सांसदहरू जेलमा छन् । प्रदेशका मन्त्रीहरू माथि मुद्धा छ । उनीहरूको रिहाइको विषयमा, मुद्धा फिर्ताको विषयमा कुरा गर्छौ । सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्दैनौँ । हाम्रो एजेण्डा पूरा भएपछि मात्रै हामी सत्ता समिकरण बारे सोचौँला ।’

अध्यक्ष ठाकुरले यस विषयमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए । उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्‍ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए ।