बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

जसपासँग भेट्नुअघि कांग्रेसले डाक्यो पदाधिकारी बैठक

फाइल तस्बिर

काठमाडौँ  : सत्ता समिकरणको लागि आज नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल हुँदैछ । सरकारसँग कार्यदल नै बनाएर छलफल अघि बढाएको जसपाले कांग्रेसँग पनि छलफल गर्न लागेको हो । 

जसपाको छलफल अघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।  आज शुक्रबार दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले इकागजलाई जानकारी दिए । 

‘दिउँसो ३ बजे पार्टीको पदाधिकारी बैठक बस्दैछ । बैठकमा शीर्ष नेताहरू हुनुहुन्छ' उनले भने । कांग्रेसले अहिलेको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न  लागेको बताएको छ । जसपाका नेताहरु दिउँसो ४ बजे कांग्रेस नेता भेट्न जाँदैछन् ।