अनिष्टका संकेतहरू देखिए, आन्दोलनमै जानुपर्ने अवस्था आउन सक्छ : दाहाल

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धी गुम्ने खतरा बढेको बताएका छन् । दाहालले परिवर्तनविरुद्ध षड्यन्त्र भई रहेको भन्दै आन्दोलनका लागि तयार रहन आग्रह समेत गरे ।
उनले देशी विदेशी षड्यन्त्रकारीहरूले परिवर्तन उल्टाउन प्रयत्न स्वरुप आफूमाथि निरन्तर प्रहार गरी रहेको समेत बताए । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो केही समय यता देशमा परिवर्तनलाई उल्ट्याउन, अनिष्टकारी घटना निम्त्याउन खोजिएको बताए । दाहालले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको बताए । ‘संविधानमा नपुगेका कुरालाई थप गर्दै लैजाने कि अहिलेका उपलब्धीलाई हत्या गर्ने भन्ने बहस जारी छ,’ उनले भने ।
दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन प्रयास भइरहेको बताए । उपलब्धीलाई कुल्चिने प्रयास भए, ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्नविरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्ने उनले जनाए । उनले भने, ‘अहिले विश्वभर चलिरहेको छ कलरफुल रिभोलुसन, क्रान्तिलाई पूरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेको छ । परिवर्तन उल्ट्याउन खोज्नेहरूविरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।’
दाहालले सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले भने, ‘यस्तो अचम्म पनि हुँदोरहेछ , यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया