बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

दाहालको प्रष्टोक्ति : ‘मलाई प्रधानमन्त्री बन्‍न हतारो छैन’

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । लिखित समृद्धिको रोडम्याप नामक पुस्तक बिमोचन गर्दै शनिबार दाहालले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफू प्रधानमन्त्री बन्नको लाथि नभएको स्पष्ट पारेका हुन् ।

सबैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर उनले गरे। दाहाले यसअघि पनि पटकपटक आफूलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताएका छन् ।

आफूलाई पटकपटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउँदै दाहालले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए । त्यस्तै उनले जनताको विचार सहि भए सहि नेता चुनिने र विचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।