कांग्रेसकाे पछिल्लाे ८ जिल्लाकाे परिणाम : देउवाका तीन र कोइरालाका चार जना सभापति
कांग्रेसकाे-पछिल्लाे-८-ज

काठमाडौँ – नेपाली कांग्रेसको जिल्ला अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको परिणाम सार्वजनिक भएको छ । आठ वटा जिल्लामध्ये संस्थापन समूहबाट तीन जना र बाँकी चार जिल्लामा इतर समूहका उम्मेदवार निर्वाचित भएका छन् । महोतरीमा भने स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।
कैलाली, मकवानुर र पर्सामा सभापति शेरबहादुर देउवा निकटमा व्यक्तिहरू जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै चितवन, नवलपरासी, बाँके र सिन्धुलीमा भने डा. शेखर कोइराला निकटका व्यतिहरू जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा र पर्सामा जनार्दनसिंह क्षेत्री निर्वाचित भए । यस्तै चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोख्रेल, बाँकेमा नारायण गौडेल र नवलपुरमा महेन्द्रध्वज जिसिले विजयी भएका छन् । जिसी सर्वसम्मत सभापति बनेका हुन् भने खनाल, लामा दोस्रो चरणमा सर्वसम्मत भएका हुन् ।
यस्तै महोतरीमा स्वतन्त्र उम्मेदवार नागेश्वर यादव विजयी भएका छन् । उनलाई शेखर पक्षको समर्थन रहेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया