ओलीको चियापानमा को-को गए को-को गएनन् ?

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा आफु निकटका नेता/कार्यकर्ता मात्रै सहभागी भएका छन् । मंगलबार ११ बजे ओलीले सरकारी निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल-माधव समूहले बहिष्कार गरेका थिए ।
खनाल-नेपाल समूहले आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिएका थिए । वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीमप्रसाद आचार्य, सचिव गोकर्णराज विष्ट, सचिव योगेश भट्टराईलगायत खनाल-नेपाल समूहका नेताहरू ओलीको चियापानमा सहभागी भएनन् ।
आजको चियापानमा एमालेका वामदेव गौतम समूहबाट पनि कोही उपस्थित थिएनन् । ओलीको चियापान बहिष्कार गरेर गौतमले उही समयमै आफ्नो समूहको भेला राखेका छन् । गौतमले सिद्दी गणेश पार्टी प्यालेस बल्खुमा पार्टी एकता राष्ट्रिय अभियान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक ११ बजेदेखि राखेका थिए ।
ओली समूहको चियापान कार्यक्रममा महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ,भौतिक तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल,ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, पर्यटनमन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत ओली निकट नेताहरू उपस्थित थिए ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया