चीनले आफ्नो खोप लगाउनेलाई मात्र भीसा दिने
काठमाडौँः चीनले आफ्नो देशमा उत्पादित कोभिड–१९ विरुद्धको खोप लगाउनेलाई मात्र भीसा दिने भएको छ । काठमाडौँस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै भीसाका लागि आवेदन दिदाँ नै चीनमा बनेको कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र समेत पेश गर्नुपर्ने नियम लागू गरेको जनाएको छ ।
आवेदन र तिनका परिवारहरूले काम, व्यवसाय वा पर्यटकीय प्रयोजनले चीनको भ्रमण गर्नुपर्दा चीनमा बनेको खोप लगाएको प्रमाणपत्रबाहेक अन्य कागजात भने महामारी अघिकै आवश्यकता अनुसारको हुने भनेको छ ।
भीसा दिनका लागि आवश्यक पूर्व शर्तमा अब औपचारिक रूपमै चीनमा बनेको खोप लगाउनुपर्ने व्यवस्था समावेश भएको छ ।
यसका अतिरिक्त चीनले अत्यावश्यक मानवीय आवश्यकताका आधारमा दिइने भीसा सेवाको दायरालाई विस्तार समेत गरेको छ । चीनियाँ नागरिकका विदेशमा रहेका परिवार वा विदेशी नागरिकका चीनियाँ आफन्त वा श्रीमान्/श्रीमती, छोराछोरी र नजिकका नातेदार (दाजुभाइ र दिदीबहिनी, हजुबा/आमा वा नाति/नातिना) भेटघाट, पुनर्मिलन, दाहसंस्कार वा गम्भीर बिरामीहरूलाई भेट्नका लागि भीसा जारी गर्ने व्यवस्था गरिएको छ ।
एशिया–प्रशान्त इकोनोमिक कोअपरेसनको वैधानिक ट्राभल कार्ड भएकाहरूले आमन्त्रण गर्ने निकायको आमन्त्रण पत्रसहित ‘एम’ भीसाका लागि आवेदन गर्न सक्नेछन् ।
चीन भ्रमण गर्दा अझै पनि न्यूक्लीक एसिड परिक्षण र इमियुनोग्लोबुलिट एन्टीबडी परिक्षणको नेगेटीभ सर्टिफिकेट अनिवार्य र चीनमा प्रवेश गरिसकेपछि क्वारेन्टीन सम्बन्धी नियम पालना गर्नुपर्ने चिनियाँ दूतावासले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया