१९ अर्ब ५९ करोडको सोयाबिन तेल निर्यात

काठमाडौँः चालु आर्थिक वर्षको पहिलो सात महिनामा १९ अर्ब ५९ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । यो अवधिमा नेपालले २० अर्ब ९६ करोड रुपैयाँको कच्चा सोयाबिन तेल आयात गरेको छ ।
कच्चा तेल प्रशोधन गरी नेपालले भारतमा निकासी बढाएको हो । नेपाल र भारतको भन्सार दरको भिन्नताका कारण सोयाबिन तेलको निकासी बढेको जानकारहरू बताउँछन् । सोयाबिन तेल निकासी गर्दै आएका उद्योगीहरूले भने कच्चा तेल आयात गरेर ३० प्रतिशत गुणवत्ता वृद्धि (भ्यालु एड) गरेर भारतमा निकासी भैरहेको बताए ।
सोयाबिन तेलको कुल निर्यातमा २८ प्रतिशत हिस्सा रहेको छ । गत वर्षको सोही अवधि (साउन–माघ) को तुलनामा २२९.५ प्रतिशतले निर्यात वृद्धि भएको हो ।
सोयाबिन तेलबाहेक नेपालका मौलिक उत्पादनहरूको निर्यातमा सुधार हुन सकेको छैन । यद्यपि अलैंचीको निर्यात भने गत वर्षको तुलनामा ४८ प्रतिशतले वृद्धि भई ४ अर्ब २४ करोडको निकासी भएको छ ।
समग्र निर्यातलाई सोयाबिन तेलले उकासेको छ । यस वर्ष पहिलो सात महिनामा नेपालको कुल निर्यात ६९ अर्ब ९१ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात ७.६ प्रतिशतले बढेको हो ।
सबैभन्दा ठूलो आयात पेट्रोलियम पदार्थको आयात भने यो वर्ष पहिलो सात महिना (साउन–माघ) मा २७.३ प्रतिशतले घटेको छ । साउनदेखि असोजसम्म जिल्ला प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण यातायात सुचारु हुन सकेको थिएन, जसका कारण यो वर्ष खपत कम देखिएको हो । गत वर्ष यो अवधिमा १ खर्ब १० अर्बको पेट्रोलियम आयात भएकोमा यो वर्ष ८० अर्ब ३९ करोडको पेट्रोलियम आयात भएको छ ।
पेट्रोलियम आयात मूल्यमा कम देखिनुमा यसको घटेको बजार मूल्य पनि हो । अन्तर्राष्ट्रिय बजारमा महामारीसँगै पेट्रोलियमको मूल्यमा भारी गिरावट आएको थियो, जुन पुनः उकालो लाग्ने क्रममा छ । अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भइरहेकाले आगामी दिनमा पेट्रोलियमको आयात (मूल्य) मा वृद्धि हुने देखिएको छ ।
समग्र आयात भने गत वर्षकै हाराहारीमा ८ खर्ब ३ अर्ब ६४ करोड रहेको छ ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया