नागरिक उड्डयन प्राधिकरणले २० ड्रोन लिलामी गर्दै

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा जफत गरेका ड्रोन लिलामी गर्ने भएको छ। देशका विभिन्न स्थानबाट जफत भएर प्राधिकरणमा आएका २० वटा मानव रहित ड्रोन लिलाम गर्ने भएको हो ।
लिलामका लागि प्राधिकरणले सिलबन्दी बोलपत्र आह्वान गरेको छ । हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा ड्रोनको लिलाम बिक्री गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २० वटा ड्रोनको न्यूनतम कबोल मूल्य (मूल्य अभिवृद्धि करसहित) ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ तोकिएको छ । बोलकबोल दाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्नेछ ।
खरिद गर्न इच्छुकहरूले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । सरकारले सम्पदा, मठमन्दिर, सुरक्षा संवेदनशीलतालगायतका निश्चित क्षेत्रमा ड्रोन उडाउन नपाउने व्यवस्था गरेको छ ।
उक्त क्षेत्रमा ड्रोन उडाउन प्रशासनबाट अनुमति लिनुपर्छ । तर अनुमति बिना ड्रोन उडाएमा त्यस्ता ड्रोन प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया