नेकपा एसको बैठकमा उठ्यो सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमाथि प्रश्न
पार्टीभित्र एमसीसीको विवाद सकियो : तुलाधर

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलिमाथि प्रश्न उठेको छ । बिहीबार काठमाडौँमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली र आचरणमा प्रश्न उठेको हो ।
पार्टीको निर्देशन र आचारसंहिताविपरित मन्त्रीहरूले काम गर्ने गरेको र पार्टीसँगको तालमेल मिल्न नसकेकोलगायतका प्रश्न उठेको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए ।
उनका अनुसार अब पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताएका छन् । त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरूलाई प्ररास्त गर्न गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताए ।
यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरूले छलफल गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया