देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको खाचो छ : अध्यक्ष थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन् ।
शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको टिप्पणी गर्दै देशलाई ताजा जनादेशको खाँचो रहेको बताएका हुन् ।
अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको समेत आरोप लगाए । यस्ता प्रवृतिले मुलुक राजनीतिक संकटमा फस्दै गएकाले ताजा जनादेशको विकल्प नभएको बताएका हुन् ।
अध्यक्ष थापाले आउँदो स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय चुनाव नभइ संसदीय चुनाव भएको बताएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया