माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पदाधिकारी टुंग्यायो

सुर्खेत - नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।
गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भए पनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन ।
माओवादी केन्द्र कर्णालीका अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट) लाई सर्वसम्मत चयन गरिएको छ ।
यस्तै, सह–सचिव वीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला), विर्खबहादुर थापा (मुगु), कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा)लाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यालय टिममा (रातो कामी)रुकुम (प्रेम कटुवाल)दैलेख परेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया