इंग्लिस प्रिमियर लिग : रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्सपरलाई ३–२ को गोलअतरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरेका थिए । टोटनह्यामका लागि ३५औँ मिनेटमा ह्यारी केनले गोल गरे । यस्तै युनाइटेडका ह्यारी मागुइरीले ७२औँ मिनेटमा आत्मघाती गोल गरे ।
जितपछि म्यानचेस्टर युनाइटेड २९ खेलबाट ५० अंकसहित चौथो स्थानमा उक्लिएको छ । २७ खेल खेलेको टोटेनहम भने ४५ अंकका साथ सातौं स्थानमै रोकियो ।
शनिबार राति नै भएको खेलमा लिभरपुलले ब्राइटन तथा ब्रेन्टफोर्डले बर्नलीलाई समान २–० ले पराजित गरेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया