जसपाले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय भएको छ । पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए । जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको पनि सो पार्टीले जनाएको छ ।
बैठकले समसामयिक राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने निर्णयसमेत बैठकले गरेको छ । जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया