मोबाइल हरायो ? डाटा अरूको हातमा पुग्नबाट कसरी रोक्ने ?
काठमाडौँ- मोबाइल हाम्रो जीवनको अभिन्न अंग भैसकेको छ । मोबाइलको आगमनसँगै हाम्रा धेरै कामहरू सहज ढंगले हुने गरेका छन् । मोबाइलको प्रयोगबाटै हामीले स्वदेशदेखि विदेशसम्म सजिलै फोन गर्न तथा अन्य सन्देश पठाउन सम्भव भएको छ । प्रविधिको विकाससँगै मोबाइलमा नै उच्च गतिको इन्टरनेट तथा फोटो/भिडियो खिच्नसमेत मिल्ने भएको छ ।
हाल कार्यालयको काम देखि समाचार, टेलिभिजन, फिल्म हेर्न समेत मिल्ने मोबाइल बजारमा पाइने गरेका छन् । मोबाइल हुने कतिपय विशेषताहरूले हामीलाई सहज रूपमा डाटाहरू राख्न मिल्ने गरेको छ । यदि यो मोबाइल हराएमा भने हाम्रो मोबाइलमा भएका महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पुग्न सक्छ।
हाम्रा व्यक्तिगत डाटाहरू दुरुपयोग नहोस र त्यो डाटाहरु अनावश्यकरुपमा प्रयोगमा नआवोस भन्ने चिन्ता फोन सबैलाई हुन्छ । हराएका फोनको डाटा अरूको हातमा नपरोस भन्ने चाहानुहुन्छ भने तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ जसले गर्दा महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पुग्नबाट रोक्न सकिन्छ ।
यसरी डिलिट गर्नुहोस् हराएको मोबाइलको डाटा
- तपाईंले फोनमा प्रयोग गरेको जिमेल साइन इन गर्नुहोस् ।
- जिमेल साइन इन पश्चात गुगलमा गएर 'फाइन्ड माइ डिभाइस' सर्च गर्नुहोस् ।
- तपाईं सिधैं गुगल डट कम स्लास एड्रोइड फाइन्ड मा जान सक्नुहुन्छ ।
- त्यहाँ तपाईंको मोबाइलको बारेमा जानकारी पाउन सक्नुहन्छ ।
- इन्टरनेटमा मोबाइल भए तपाईंको तत्कालको मोबाइल लोकेशन देखाउँछ ।
- इन्टरनेट नभएमा भने पछिल्लो समयमा जुन ठाउँमा इन्टरनेट कनेक्ट भएको थियो त्यसको लोकेशन देखाउँछ ।
- तपाईंको डाटा डिलिट गर्न चाहानुहन्छ भने इरेज डिभाइसमा गएर सबै डाटा डिलिट गर्न सक्नुहन्छ ।
- यदि तपाईं मोबाइलमा कुनै सन्देश पठाउन चाहानुहन्छ भने सिक्योर डिभासमा गएर सन्देश र फोन नम्बर लेखेर छोड्न सक्नुहन्छ ।
- लेखेर पठाएको सन्देश इन्टरनेटमा कनेक्ट भएपछि फोन लक भएको अवस्थामा समेत देखाउनेछ ।
याद राख्नुहोस यो उपाय एन्ड्रोइड मोबाइलमा मात्र काम गर्नेछ । मोबाइल फोन इन्टरनेटको पहँचभन्दा बाहिर भएमा भने यसले काम गर्देन् ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया