भाडा नबढाए सार्वजनिक सवारी साधन नचलाउने यातायात व्यवसायीको धम्की

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मुल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा नबढाए धम्की दिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै महासंघले भाडा नबढाइए गाडी नचलाउने धम्की दिएको हो ।
महासंघले मन्त्री नेम्वाङलाई महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनलाई म्याद थपगरी सञ्चालन गर्ने अनुमति दिन पनि आग्रह गरेको छ । मन्त्रीलाई २० वर्षे अवधि पुगेर पनि सञ्चालन भइरहेका सवारी साधनलाई म्याद थप गरीदिन आग्रह गरेको हो ।
प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने माग महासंघको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग आफूहरूले राखेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया