वाइसीएलको राष्ट्रिय भेला जेठ २८-३० मा काठमाडौँमा

काठमाडौँ : योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले आगामी जेष्ठ अन्तिम साता राष्ट्रिय भेला गर्ने भएको छ । लिगको चौँथो बैठकले जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
‘चौँथो बैठकबाट हामीले आगामी जेष्ठ २८, २९ र ३० गते काठमाडौँ राष्ट्रिय भेला गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सापकोटाले इकागजसँग भने ।
२०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेसँगै वाइसीएल युवासंघमा समाहित भएको थियो । सर्वोच्च अदालतले नेकपालाई अवैधानिक ठह¥याएसँगै वाइसीएल व्युँतिएको हो । व्युँतिएपछि बसेको बैठकले इकाइदेखि केन्द्रसम्म भेला गर्ने निर्णय गरको हो ।
अध्यक्ष सापकोटाका अनुसार बैठकले संगठनमा दुई लाख सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया