कमरेड बनिन् करिष्मा
नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्मा मानन्धरले फेरि एक पटक पार्टी राजनीति सुरु गरेकी छिन् । केही समयअघि देखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः उनकै हातबाट खादा पहिरिँदै एमाले प्रवेश गरेकी हुन् । ओलीले खाँदा लाइदिनुअघि करिष्मालाई एमाले महासचिव शंकर पोखरेलबाट टीका लगाएकी थिइन् ।
करिष्माले फागुन २६ मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मिति टुंग्याएकी छिन् । उसबेला बालकोट स्रोतले चैत ९ गते एमाले प्रवेश गर्ने तयारी भइरहेको जनाएको थियो । तर एक दिन अगावै उनले पार्टी प्रवेश गरेकी हुन् । उनले उसबेला आफ्नो टिमसहित नै पार्टी प्रवेश गर्ने जानकारी गराएकी थिइन् ।
करिष्माले अभिनय करिअरको उत्तरार्धमा राजनीति गर्ने भन्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको सदस्यता लिएकी थिइन् । तर पछि उनी सो पार्टीबाट अलग भएकी थिइन् । बीचमा सामाजिक सञ्जालमा राजनीतिप्रति वितृष्णा पोख्ने गरेकी करिष्मा एमाले अध्यक्षसँगको भेटपछि पुनः राजनीतिमा फर्कन राजी भएकी हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया