कांग्रेसको नेतृत्व लोकतान्त्रिक हुन सकेन : पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टीनै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन् । नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उनको भनाइ छ ।
पार्टीका केन्द्रीय सदस्य दिपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा बिहीबार दाङको तुलसीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको बताए ।
वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण रहेको बताउँदै यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको बताए । देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो । उनले आफूले सधैँ नीतिगत कुरा गर्दै आएको र विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेकोसमेत बताए । कार्यक्रममा पूर्वगृहमन्त्री देवेन्द्रराज कँडेलले पार्टीभित्र एकले अर्कोलाई हराउने प्रवृत्ति कायम रहेसम्म कम्युनिष्टले देशमा अझै राज गर्ने बताए ।
कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्रीहरु रामकृष्ण यादव र दिपक गिरी, लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, शङ्कर गिरी, पूर्वसांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायतका नेताले मन्तव्य व्यक्त गरेका थिए ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया